बागलुङबाट भैरहवाका लागि छुटेको बस लेखनाथमा दुर्घटना, महोत्सवमा आएका भारतीय व्यापारीको मृत्यु

पाेखरा | पुस १४, २०८०

बागलुङबाट भैरहवाका लागि छुटेको बस लेखनाथमा दुर्घटना, महोत्सवमा आएका भारतीय व्यापारीको मृत्यु फोटो: सामाजिक सञ्जाल

पोखरा:    बागलुङबाट भैरहवाका लागि छुटेको बस आज बिहान पोखराको लेखनाथमा दुर्घटना भएको छ । बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


पोखरा महानगरपालिका–२७ डाँडाकोनाकमा बस ब्रेक फेल भएर सडकको दायाँ साईडको माटोको ढिस्कोमा ठक्कर खाँदा एकजना पैदल यात्रीको मृत्यु  भएको कास्की प्रहरीले जनाएको छ । 


ब्रेक फेल भएको बस ढिस्कोमा ठक्कर खान जाँदा बाटा (गमला) विक्री/ब्यापारका लागि भारतबाट लेखनाथ महोत्सवमा आएका इस्श्रावती कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका इस्श्रावतीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु  भएको प्रहरीले जनाएको छ । 


बसमा कति जना यात्रु सवार थिए भन्ने खुलेको छैन । बस दुर्घटना हुँदा घाइते भएका तनहुँको म्याग्दे गाउँपालिका घर भएका ३६ वर्षीय रामजी गन्धर्व र पर्सा दिप नगरपालिकाका ४६ वर्षीय माया गन्धर्वको लेखनाथसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...

थप पढ्नुहोस्

तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् ।  बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

थप पढ्नुहोस्

पोखरा:   नेपाल प्रहरी गण्डकी प्रदेशको टोली २६ औँ आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा माघ ९ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा त...

थप पढ्नुहोस्